केहि दशक पहिला फापर कि गरिबले खाने कि भैसीलाई खुवाउने भन्ने मान्यता थियो। तर समयको गतिसँगै तेही फापर अहिले धनिमानीहरुको औषधिको रुपमा मान्यता पाएको पाईन्छ। कुनै समय गाउँघरमा सहजै पाईने फापर अहिले लोप हुँदै गएको छ भने कुनै समय हेला गरिएको यो अन्न अहिले मागको शिखरमा पुगेको छ। कारण हो यसको गुण र विशेषता। फापर ६० देखि ४२०० मिटर उचाईमा उत्पादन हुन्छ। यो नेपालका ६१ जिल्लाहरूमा खेती गरिन्छ । फापर मानव शरीरका लागि पोषणयुक्त र लाभदायक पौष्टिक आहार हो। तर नेपालमा यसको महत्व निकै ढिलो बुजेको देख्न सकिन्छ। हिमाली र पहाडी भेगमा प्रशस्त पाईने फापर अहिले भने कहिँ कतै बिरलै देख्न सकिन्छ।
नेपालमा विशेषगरि २ किसिमका फापर पाईन्छ। मिठे फापर र तिते फापर। यो नेपालको मौलिक बाली पनि हो। फापरको परिकार सुरुमा एसियामा अभ्यासमा आएपनि यसको परिकार खाडी युरोप तथा अमेरिकन राष्ट्रहरु मा पनि तिब्र रुपमा अभ्यासमा गरेको पाईन्छ। यो सहजै खनेर छरे पुग्ने र गोडमेल बिना नै फल्ने बाली हो। यसको विभिन्न परिकार हुने भएता पनि युवा पुस्तामा अनेकौ बजारिया परिकार जस्तो आकर्षण नभएको तर पछि मधुमेह, कोलेस्टेरोल, पित्तको पत्थरी, उच्च–रक्तचाप, कब्जियत, मोटोपन र स्मरणशक्ति कम हुने जस्ता रोगको शिकार भए पछि मात्र यसको आकर्षण बढ्ने तथ्य र सत्य कुरा छन्। तर अंग्रेजीमा एउटा भनाइ छ “Prevention is better than cure” जसको अर्थ रोकथाम उपचार भन्दा राम्रो हो भन्ने हुन्छ। फापरमा धेरै नै पौष्टिक तत्व हुन्छन। फापरमा अन्य अन्न मा पाईने ग्लुटेन भनिने प्रोटिन पाइँदैन। फापरमा कोलेस्टेरोल पनि हुँदैन त्यसैले यसको स्वास्थ लाभ धेरै छन् । फापरमा जिंक, कपर, म्यागनेसियम, फाइबर, मिनेरल, कार्बोहाइडेड, पानीको मात्रा, भिटामिन बी१, बी२ र बी६, प्रोटिन, एमिनो एसिड, रुटिन’ भनिने एन्टिअक्सिडेन्ट पोलिफेनोल जस्ता तत्व पाईन्छ जुन शरीरलाई स्वास्थ राख्न अत्यावश्यक छ । यसले हड्डीलाई मजबूत बनाउनुका साथै आइरनको अभावले हुने अनेमियाको पनि रोकथाम गर्दछ। मासुमा हुने प्रोटिनमा चिल्लो हुने गर्दछ जसले मुटुमा असर गर्दछ भने फापरमा भेगन प्रोटिन हुन्छ जसले मुटुलाई स्वस्थ राख्दछ। फापरले शरीरमा सुगर लाबेल नियन्त्रण गर्दछ र रगतको कोलेस्टेरोल घटाउन पनि मद्दत गर्दछ। दैनिक रुपमा यसको सेवनले क्यान्सर लाग्ने खतरा कम हुन्छ। साथै यसको सेवनले मोटोपन पनि कम गर्न सहयोग गर्दछ भने यसले शरीरको मेटाबोलिजम स्थर राम्रो बनाउदछ। स्वस्थ शरीरका लागि दिनहु करिब ३० ग्राम फाइबर आवश्यक हुन्छ। १४० ग्राम फापरमा ५ ग्राम फाइबर हुन्छ। फापरको पिठोबाट अनेकौ परिकार बन्दछ। यसबाट हामीले ब्रेड, पराठा, गिलो रोटि, ढिँडो सेलरोटी, फुरौला बनाउनुका साथै आज भोलिका खाजा म:म, नुडल्स, आदि पनि बनाउने गरेको पाईन्छ । यसको औषाधिमय फाइदाक कारण पश्चिमा राष्ट्रहरुमा यसको आकर्षण निकै बढ्दो छ।
अहिले फापर माग बढ्दो छ। यद्यपी नेपालमा यसको उत्पादन सहजै हुने भएतापनि नेपालमा यसलाई लोप हुन लागेको बालीको सुचिमा राखिएको छ। यसको विशेषता रोग लागेपछि बुज्नु भन्दा अहिले स्वस्थ अवस्थामा नै बुज्नु राम्रो हुन्छ। कि कसो ? आफ्नो बहुमुल्य प्रतिक्रिया कमेन्टमा दिन नभुल्नुहोला।