Production

Production/Operation Process (उत्पादन-संचालन प्रक्रिया) Raw Material Collection And Storage Raw Material Grading/Sorting Raw Material Cleaning […]

Team

About Us

जीवन खानामा अडिएको छ । अक्सिजन संगै जीवनलाई पोषणयुक्त खाना पनि उत्तिकै आवश्यक छ । […]

Mission (लक्ष्य)

— कृषि पेशामा आत्मानिर्भर भई परम्परागत पोषणयुक्त विषादी रहित खाद्यबस्तुउपभोक्तासम्म पु¥याउने ।– देशमा रोजगारको अवसर […]

Read More

Vision (दृष्टि)

नेपालको खाद्य उत्पादन क्षेत्रमा उत्कृष्ट कम्पनीको रुपमा ख्याती प्राप्त गर्ने ।

Read More

Objective (उद्देश्य)

स्थानीय बिषादी रहित कृषिजन्य बस्तुको संकलन, उत्पादन गर्ने । नयाँ प्रविधिको प्रयोगद्वारा प्रशोधन, प्याकेजिङ र […]

Read More

About Us

जीवन खानामा अडिएको छ । अक्सिजन संगै जीवनलाई पोषणयुक्त खाना पनि उत्तिकै आवश्यक छ । बाँच्नको लागि खाना चाहिन्छ, यो सबैलाई थाहा छ । तर के खाने, कसरी खाने र कहिले खाने भन्ने महत्वपूर्ण कुराको ज्ञान कमैलाई भएको पाइन्छ । आज संसारमा खाना सम्बन्धि अज्ञानताको कारण दुई किसिमको समस्या देखा परेको छ । बढी पोषण र कम पोषण । खाना खानु मात्र महत्वपूर्ण कुरा होइन । शरिरलाई के आवश्यक छ त्यसको मात्रा मिलाएर खानु महत्वपूर्ण कुरा हो । मानिसमा खाद्य पौष्टिकता सम्बन्धि ज्ञानको कमिले गर्दा घरमा सजिलै उपलब्ध हुने पोषणयुक्त खानालाई मिल्काएर बजारमा प्रचार प्रसार गरिएका महङ्गो र कम पोषणका खाद्यान्नमा पैसा खर्च गरेको अवस्था छ । बजारमा सेलिब्रिटी राखेर प्रचार गरिएका खाद्यान्नबाट शरीरलाई आवश्यक पोषण प्राप्त नहुने र पैसा पनि खर्च हुने हुँदा हामी नेपाली दोहोरो नोक्सानमा परेका छौ । नेपालमा पश्चिमीशैलीको खाद्यान्न जस्तै जंक फुड र फास्ट फुडको प्रचलन बढदो छ जसको कारण नेपाली कृषि जन्य सामाग्रीको प्रयोगमा कमी आएको छ । जंक फुड र फास्ट फुडमा पोषणको कमि हुने र स्वास्थ्यको लागी राम्रो नहुने थाहा भएतापनि व्यस्तताको कारण तथा पश्चिमीशैलीको नक्कल गर्ने प्रवृतिले शहरी जीवनमा यसको माग बढिरहेको छ । साथै आर्थिक रुपमा विपन्न हाम्रो देशमा हर्लिक्स, भिभा, कम्प्लान जस्ता महङ्गा वस्तुहरुको आयातले गर्दा आर्थिक भार बढेको छ । यस्तो वस्तुहरुको व्यापक प्रचार प्रसारले जनमानसमा पौष्टिकता प्राप्त गर्ने, बच्चाहरुको बौद्धिकता अभिवृद्धि गर्ने र बिरामीहरुको लागी तागतिलो खाद्य वस्तुको रुपमा भन्दै भ्रम सिर्जना गरेको छ ।

यिनै कुरालाई मध्यनजर राखी स्थानीय उत्पादनबाट मानव शरिरलाई चाहिने पोषणयुक्त खानाको उत्पादन गरी सस्तो मूल्यमा उपभोक्तासम्म पु¥याउने सोच आमा एग्रो प्रोडक्ट प्रा.लीले राखेको छ । नेपालका विभिन्न क्षेत्रका किसानहरुलाई विषादी रहित उत्पादन गर्नमा प्रेरित गर्ने र सो कच्चा पदार्थबाट आधुनिक मेशिनको प्रयोग गरी प्रशोधन र प्याकेजिङ गरेर गुणस्तरीय पोषणयुक्त खाद्यबस्तु उपभोक्ता सम्म पु¥याउने उदेश्य राखी महिलाहरु आवद्घ यस प्रा.ली ले उत्पादनको क्षेत्रमा कामको थालनी गरेको छ । महिला उद्यमशीलता मार्फत औद्योगिक क्षेत्रमा विशेष योगदान दिने उद्देश्यले “आमा एग्रो प्रोडक्ट प्रा.ली” २०७५ सालमा स्थापना गरिएको हो

.